गजल: गज़ल भित्र…


8jw9nw3oगज़ल भित्र प्यारी सानु, मर्न मन छ तिम्रो लागी ।
सेर  अनि  रदिफमा,   सर्न  मन छ  तिम्रो  लागी ।

जीन्दगी  त  सुम्पेको छु,  गज़लमा  किन  हट्थेँ,
छोडी संसार काफियामा,  टर्न मन छ तिम्रो लागी ।

कहिले दु:ख कहिले सुख, जीन्दगी यो यस्तै रैछ,
साँघु बनाई गज़लबाट, तर्न मन छ तिम्रो लागी ।

गज़ललाई प्रेम गरें,  तिम्रो यादलाई थमाउदै,
गज़ल झर्ना बनि सानु, झर्न मन छ तिम्रो लागी ।

मर्नु परे जल्नु परे,  जिन्दाबाद छ गज़ल साथी,
मर्नु अघि सानु गज़ल, भर्न मन छ तिम्रो लागी ।

Labels:

टिप्पणी छोड्नुहोस्