कविता : गोर्खे आवाज


हामी बिर गोर्खाली देशमा छौं,Featured image
बिदेशमा छौं,
खाडीमा छौं,
ताडिमा छौं,
लिपुलेक भारतले लग्यो भनेर नेपाल बन्द गर्छौं,
त कहिले गाडीले बाख्रो मार्यो भनेर बाटो बन्द गर्छौं,
गर्छौं;
हामी हड्ताल गर्छौं,
देशका लागी  मर्छौं,
एउटाले बन्दुक बोकाऊँछ बोक्छौं,
को गलत को जायज,
ठोक आदेश मात्र आउनु पर्छ, ठोक्छौँ,
किनकी;
हामी बिर गोर्खाली हौं।
बिर नेपाली,  हिजो जनयुद्द लड्यौ,
भोलि धनयुद्द लड्छौं,
आज धर्मयुद्द लड्दै छौं,

भोलि पर्मयुद्द पनि लड्नेछौं,
किनकि;
हामी बिर गोर्खाली हौं।
हिजो बाईसी-चौबिसी राज्य जोड्यौं,
आज फेरी फोड्ने कुरा गर्दैछौं,
४ जात ३६ बर्णको फुलबारी गोड्यौ,
आज फेरी तोड्ने कुरा गर्दैछौं,
जातीय पहिचानका लागि लड्दैछौं,
लिम्बुवानका लागि लड्दैछौं,
खम्बुवानका लागि लड्दैछौं,
पहिचान सहितको संघियताको लागि लड्छौं,
लड्छौं हामी
गोर्खाल्याण्डका लागि लड्दैछौं,
किनकि;
हामी बिर गोर्खाली हौ।
हिजो राणाको  बिरुद्द लड्यौं,
आज राजाका बिरुद्द लड्यौं
हामी सबैका लागि लड्छौं,
हिजो प्रजातन्त्र, लोकतन्त्रका लागि लड्यौं,
आज गणतन्त्रका लागि लड्छौं,
भारतका लागि लड्छौं,
ब्रिटिसका लागि लड्छौं,
लड्छौं,
विश्वका लागि लड्छौं,
हामी परिवारको पेटका लागि लड्छौं,
भारतले सिमाना मिचोस, चाहे,
अमेरिकाले धर्म प्रचार गरोस,
हेरी रहन्छौं,
हेरी रहन्छौं,
किनकि;
हामि बिर गोर्खाली हौं, बिर नेपाली हौं।

टिप्पणी छोड्नुहोस्