गजल: गज़ल भित्र…
19 जुन 2011 टिप्पणी छोड्नुहोस्
in गज़ल, तस्बिर, साहित्य ट्यागहरु:gajal, krishna pyasi, nepali sahitya
गज़ल भित्र प्यारी सानु, मर्न मन छ तिम्रो लागी ।
सेर अनि रदिफमा, सर्न मन छ तिम्रो लागी ।
जीन्दगी त सुम्पेको छु, गज़लमा किन हट्थेँ,
छोडी संसार काफियामा, टर्न मन छ तिम्रो लागी ।
कहिले दु:ख कहिले सुख, जीन्दगी यो यस्तै रैछ,
साँघु बनाई गज़लबाट, तर्न मन छ तिम्रो लागी ।
गज़ललाई प्रेम गरें, तिम्रो यादलाई थमाउदै,
गज़ल झर्ना बनि सानु, झर्न मन छ तिम्रो लागी ।
मर्नु परे जल्नु परे, जिन्दाबाद छ गज़ल साथी,
मर्नु अघि सानु गज़ल, भर्न मन छ तिम्रो लागी ।
You must be logged in to post a comment.